अनेसास कोरियाको पाँचौ अधिवेशन सम्पन्न
सियोल। अनेसास कोरिया च्याप्टरको पाँचौ अधिवेशन अनलाईन ग्रुप भेलाले सम्पन्न भएको छ। कोरिया च्याप्टरका अनुसार प्रतिनिधिहरु छलफलबाट पारित गरेर पदस्थापना गरिएको हो ।
नवनिर्वाचित कार्य समितिमा अध्यक्ष प्रमोद सारंग, वरिष्ठ उपाध्यक्षमा डी आर न्यौपाने ‘सूर्य’, उपाध्यक्षमा क्रमशः लोकराज न्यौपाने, आर. एन. अधिकारी, महासचिवमा ह्यारी बोण्ड, सचिवमा धीरेन्द्र स्पन्दन, कोषाध्यक्षमा आर. के. पौडेल रहेका छन्। त्यसै गरी सदस्यहरुमा रामचन्द्र शर्मा, दीपकराज बन्जाडे, कमल बाछिटे, कृष्ण रिजाल, टिपी खनाल, गोपाल न्यौपाने र डीबी तनाब रहेका छन्।
कोरिया च्याप्टरलाई थप जुझारु बनाउनका लागि सल्लाहकारहरु कमलप्रसाद अर्याल, कृश गुल्मेली बाबु, बलदेव भट्टराई, विनोद परिवर्तितलगायतले अधिवेशनका लागि आवश्यक तयारी आंकलन गरी छलफल चलाएका थिए। सदा नवीन सोचका साथ अगाडि बढिरहेको अनेसास कोरिया च्याप्टर भर्खरै मात्र बेस्ट च्याप्टर अवार्डमा दोस्रो भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment