सन्दीपद्वारा धुर्मुस–सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग
काठमाडाैं। क्रिकेट खेलाडी सन्दीप लामिछाने धुर्मुस–सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग गरेका छन्। चितवनको भरतपुरमा निर्माणाधीन रङ्गशालाका लागि उहाँले रु ७० हजार फाउन्डेशनलाई हस्तान्तरण गरेका हुन्।
सन्दीपले गत महिना कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग दुई खेल्ने क्रममा हरेक विकेट लिए बापतको रकम रङ्गशाला निर्माणका लागि सहयोग गर्ने घोषणा गरेका थिए। उनले प्रत्येक विकेट लिए बापतको रु आठ हजार ८४८ सहयोग गर्ने घोषणा गरेका थिए।
सन्दीपले ओमान र अमेरिकासितका चार खेलमा आठ विकेट लिएका थिए। सोही विकेट बराबरको रकम फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई हस्तान्तरण गरिएको हो । सन्दीप रङ्गशाला निर्माणका सद्भावनादूतसमेत हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment