पाकिस्तान सुपर लिग विवादमा

डिसी नेपाल
११ फागुन २०७६ ११:४३

इस्लामाबाद। पाकिस्तान सुपर लिग (पिएसएल)को पाचौं सिजन शुरू भइसकेको छ तर सुरुवातमै यो लिग फेरि विवादमा फस्न थालेको छ। पाकिस्तानमा आयोजित यो लिगको खेलको क्रममा टोलीसँग सम्बन्धित एक व्यक्ति डगआउटमा मोबाइल फोनमा कुरा गरिरहेको भेटिएको छ। जसको तस्वीर अहिले सामाजिक संजालहरुमा भाइरल भइरहेको छ।

पाकिस्तानका पूर्व क्रिकेटर शोएब अख्तरले ट्वीट गर्दै यो घटना गलत भएको बताएका छन् । आईसीसीको नियम अनुसार खेलाडीहरूलाई डगआउट्स र ड्रेसिंग रुममा मोबाइल फोन प्रयोग गर्न निषेध गरिएको छ। टिम मेनेजमेन्टले  मात्र कुराकानी गर्नको लागि वाकी टाकी प्रयोग गर्ने प्रावधान रहेको छ । पेशावर जाल्मी र कराची किंग्सबीच भएको खेलमा टोलीसँग सम्बन्धित व्यक्तिहरू डगआउटमा मोबाइल फोनमा कुरा गरिरहेको देखिएको छ ।

कराची किंग्सका प्रशिक्षक डीन जोन्सले फोनमा कुरा गर्ने व्यक्ति कराची किंग्सका सीईओ तारिक हुन् भनेर जनाएका छन। उनले भने तारिक केवल आफ्नो काम गरिरहेका थिए, ऊनले टोलीको अभ्यासको लागि तयारी गर्दै थिए। तर यो कुरा अझै स्पष्ट छैन कि फोनमा कुरा गर्ने व्यक्ति टोलीका सीईओ नै हुन भनेर ।

आईसीसीले यो घटनाको बारेमा भनेको छ कि पीएसएल पीसीबीको घरेलु प्रतियोगिता हो। त्यसकारण, पीसीबीले मात्र यस विषयको बारेमा छानबिन गर्नेछ। तर अहिलेसम्म पीसीबीले यो घटना को बारेमा कुनै विज्ञप्ति सार्वजनिक गरेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *