पक्राउ परेर पनि सुध्रिएनन् भिटेन, नयाँ गीतमा पनि अत्याधिक छाडा शब्द

डिसी नेपाल
११ फागुन २०७६ १४:४९

काठमाडौं। ‘हामी यस्तै त होनी ब्रो’ बोलको गीतले र्‍यापर समिर घिसिङ उर्फ भिटेनलाई प्रहरी हिरासतसम्म पुर्‍यायो। अश्लील गीत गाएको र नेपाल प्रहरीको बदनाम गरेको भन्दै उनी गत कार्तिकमा पक्राउ परेका थिए। उनले तीन दिन हिरासतमै विताए।

यद्यपी अश्लिल गीतका कारण हिरासतसम्म पुगेर छुटेका भिटेन अझै सुध्रिएका भने छैनन्। केही दिनअघि सार्वजनिक उनको नयाँ गीतमा पनि भरपुर अश्लील र छाडा शब्दहरु प्रयोग गरिएको छ।

‘सुपरस्टार’ एल्वममा रहेको ‘यात्रा’बोलको गीतमा भिटेनले थुप्रै अश्लिल र छाडा शब्दहरुको प्रयोग गरेका छन्। गीतले एक सातामा १९ लाख ८० हजार बढी भ्यूज बटुलेको छ। युट्युब ट्रेन्डिङ शीर्ष १० स्थानमा यो गीत छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *