अस्पताल सञ्चालनमा सरकार अभिभावक बन्छ : मुख्यमन्त्री गुरुङ

डिसी नेपाल
११ फागुन २०७६ २१:४०

पोखरा । पोखरा महानगरपालिका एवं काठमाडौँ इन्स्टिच्यूट अफ चाइल्ड हेल्थको सहकार्यमा बाल अस्पताल सञ्चालन गरिने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको रोहवरमा महानगरपालिकाका प्रमुख मानबहादुर जीसी र चाइल्ड हेल्थका संस्थापक अध्यक्ष भगवान कोइरालाले अस्पताल निर्माण तथा सञ्चालन गर्ने सम्झदारी पत्रमा आइतबार एक कार्यक्रमका बीच हस्ताक्षर गरेका थिए ।

काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थको सातवटै प्रदेशमा विशेषपत्रसहितको विशिष्टिकृत बाल स्वास्थ्य सेवा प्रदान गर्नुका साथै बाल स्वास्थ्यसम्बन्धी अध्ययन अनुसन्धान गर्ने लक्ष्यका साथ अस्पताल स्थापना गर्न लागिएको हो । पोखरा महानगरपालिका–२७ स्थित तत्कालीन लेखनाथ नगरपालिकाको कार्यालयको भवनमा आवश्यक भौतिक संरचना तयार गरी अस्पताल सञ्चालन गर्नेसमेत सहमति भएको छ ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले चाइल्ड हेल्थले मुलुकका सबै प्रदेशका राजधानीमा अस्पताल निर्माण गर्ने योजनाअनुसार गण्डकी प्रदेशबाट शुरु गर्न लागेकोमा खुशी व्यक्त गर्दै प्रदेश सरकारले अस्पताल निर्माण र सञ्चालनमा अभिभावकत्व निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महानगरपालिकाका प्रमुख जीसीले चालू आर्थिक वर्षमै अस्पताल सञ्चालन गर्ने गरी काम अघि बढाउने बताउँदै त्यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए। चाइल्ड हेल्थका संस्थापक अध्यक्ष कोइरालाले आगामी तीन महिनाभित्र अस्पताल निर्माण गरी सञ्चालन गरिने जानकारी दिँदै नाप, नक्सा एवं लागत अनुमान तयार भइरहेको बताए।

अस्पताल निर्माणसँगै आवश्यक उपकरण खरिदका लागि ४० देखि ५० करोड खर्च हुने जानकारी दिँंदै उनले शुरुमा ५० श्ययाको अस्पताल बनाउने योजना रहेको र विस्तार गरी कूल एक सय श्ययासम्म पु¥याउने संस्थाको लक्ष्य रहेको स्पष्ट पारे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *