अस्ट्रेलियामाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

डिसी नेपाल
११ फागुन २०७६ २२:३७

एजेन्सी । अस्ट्रेलियाविरुद्धको दोस्रो टी–२०मा दक्षिण अफ्रिकाले रोमाञ्चक जित हासिल गरेको छ। घरेलु मैदानमा अस्ट्रेलियालाई १२ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले पहिलो जित निकालेको हो।

दक्षिण अफ्रिकाले दिएको १५९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १४६ रन बनायो। अस्ट्रेलियाका लागि डेभिड वार्नरले अर्धसतकीय पारी खेले । उनी ५६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ६७ रन बनाएर नटआउट रहे। यस्तै स्टीभ स्मिथले २९ रन बनाउँदा कप्तान आरोन फिन्च १४ बनाएर आउट भए। दक्षिण अफ्रिकाका लुंगी एनगिडीले ३ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ४ विकेट गुमाएर १५८ रन बनाएको थियो। दक्षिण अफ्रिकाका कप्तान क्वीन्टन डि‘ककले ७० रन बनाए भने रस्सी भान डेर डुस्सेनले ३७ रन बनाए। अस्ट्रेलियाका केन रिचार्डसनले २ विकेट लिए।

पहिलो खेलमा लज्जास्पद ब्याटिङ गर्दै हार ब्यहोरेको दक्षिण अफ्रिकाले दोस्रो टी–२०मा जित हासिल गरेको हो। पहिलो खेलमा अस्ट्रेलिया १०७ रनले विजयी भएको थियो। जितसँगै तीन खेलको टी–२० सिरिज १–१ को बराबरी भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *