पूर्वयुवराज पारस शाहले सोनिकालाई दिए हीराको हार उपहार
काठमाडौं। पूर्वयुवराज पारस शाह र मोडल सोनिका रोकायाबीचको सम्बन्धको विषय पछिल्लो समय चर्चामा छ । उनीहरुको निकटता बढेसँगै धेरैले यो सम्बन्धको आलोचना पनि गर्ने गरेका छन् । यही बीचमा पूर्वयुवराज पारसले सोनिकालाई हीराको हार उपहार दिएको विषय चर्चामा छ ।
पूर्वयुवराजले सोनिकालाई उनको २५ औं जन्मदिनमा हीराको हार उपहार दिएका हुन् । उनले दिएको हारको मूल्य कति हो भन्ने अहिलेसम्म खुलासा भएको छैन । सोपिनकाले पोस्ट गरेको जन्मदिनको भिडियोमा उनले उपहारस्वरुप पाएको हार लगाउँदै गरेको देखिन्छ । भिडियोमा कमेन्ट गर्नेहरुले भने यो सम्बन्धको आलोचना गर्दै पारसलाई सम्झाएका छन् । उनीहरुले सोनिकालाई पारसबाट टाढै रहन सुझाव पनि दिएका छन् । पारस र सोनिकाले भने एक अर्कालाई नजिकको साथी भन्ने गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment