‘हिजो आजका कुरा’ चलचित्रको गीतमा दर्जन बढी कलाकारको डान्स [भिडियो]
काठमाडौं। सानो पर्दामा निकै लोकप्रियता कमाएको टेलिसिरियल ‘हिजो आजका कुरा’को नाममा बनेको चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको छ। चलचित्र ‘हिजो आजका कुरा’को ‘माया जदौ’बोलको गीत सार्वजनिक गरिएको हो।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, जेविका कार्कीका साथमा एक दर्जन बढी कलाकारको नृत्य हेर्न सकिन्छ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठदेखि निर शाह, कलाकारहरु भुवन चन्द, बसुन्धरा भुषाल, मिथिला शर्मा, अभिनेता धिरेन शाक्य, संगीतकार सम्भुजित बाँस्कोटा लगायत भिडियोमा देखिएका छन्।
त्यस्तै निर्देशक दीपाश्री निरौला, हाँस्य कलाकारद्धय केदार घिमिरे, जीतु नेपाल, निर्देशक दिनेश डिसी लगायतलाई पनि भिडियोमा देख्न सकिन्छ।
आनन्द अधिकारीको शब्द, दिपक शर्माको संगीत रहेको गीतमा रामकृष्ण ढकाल र मेलिना राइको स्वर सुन्न सकिन्छ। भिडियोलाई कविराज गहतराले कोरियोग्राफी गरेका हुन्।
चलचित्र ‘हिजो आजका कुरा’लाई सन्तोषका छोरा साकार पन्तले निर्देशन गरेका हुन्। चलचित्रको निर्मातामा सन्तोष र साकार (बाबु–छोरा)नै रहेका छन्।
चलचित्रमा सन्दीप किस्ना, साकार पन्त र निराजन पन्तको लेखन रहेको छ।
आउँदो वर्षको वैशाख १२ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रीमा विश्वकर्मा, जेबिका कार्की लगायतका कलाकारको अभिनय छ।
चलचित्रमा काठमाडौंमा बसोबास गर्ने चार परिवारको कथा उठान गरिएको बताईएको छ। अहिले नेपालीहरुको दैनिकीमा विदेश जाने लहर थपिएपछि हुने उत्साह, उमंग त तिसंगै आउने कठिनाईहरुलाई फिल्ममा हाँस्यापद रुपमा प्रस्तुत गरिएको निर्माण पक्षले बताएको छ। रवि सायमीले छायांकन गरेको गरेको चलचित्र सम्पादनको जिम्मा विनय कन्साकारले सम्हालेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment