ज्योति मगर नाच्दा युवाहरुले नियन्त्रण गुमाएपछि महेन्द्रनगर महोत्सवमा झडप

डिसी नेपाल
१३ फागुन २०७६ ९:५४

काठमाडौं। कञ्चनपुरको महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा झडप हुँदा ५ जना पक्राउ परेका छन् । ३ जना प्रहरीसहित केही युवा घाइते भएका छन् । कलाकार ज्योति मगर स्टेजमा नाचिरहँदा युवाहरु उत्तेजित भएर स्टेजमै चढ्न खोजेपछि झडप भएको थियो ।

ज्योति मगरको प्रस्तुतिका बेला उत्तेजित युवाहरुले होहल्ला गर्दै उच्छृंखल गतिविधि गर्न थालेपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन खोज्दा तनाव भएको थियो । प्रहरीले भीड नियन्त्रणमा लिन लाठीचार्जसमेत गर्नु परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । त्यसक्रममा ३ जना प्रहरीसहित केही युवा घाइते भएका छन्।

महोत्सवमा उच्छृंखल गतिविधि गर्ने ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । अहिले भने ती पाँचै जनालाई छाडिसकिएको छ । पक्राउ पर्नेमा भुवन विष्ट, महेन्द्र बुढा, दिलिप विष्ट, अभिषेक खड्का लगायत ५ जना छन् । महोत्सवको स्टेज अगाडि निर्माण भएको काठको पर्खालमा समेत युवाहरुको समूहले क्षति पुर्याएको छ। युवाहरुको समूह मेला सचिवालय रहेको स्टिलमा समेत पुगेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *