अभिनेत्री आँचलले गरिन् इन्गेजमेन्ट
काठमाडौं। अभिनेत्री आँचल शर्मा र उनका प्रेमी उदीप श्रेष्ठले इन्गेजमेन्ट गरेका छन्।
डेढ वर्षदेखि प्रेममा रहेका उनीहरुले सधै एक हुने निर्णय गर्दै सोमबार इन्गेजमेन्ट गरेका हुन्।
चुच्चेपाटीमा रहेको एक बैंक्वोटमा भएको इन्गेजमेन्ट आँचल र उदीपको परिवारसंगै केही आफन्तहरुको मात्र उपस्थिति थियो। फागुनको २९ गते उनीहरुको विवाह हुने बुझिएको छ। यद्यपी उनीहरुले भने विवाहको मिति सार्वजनिक गरेका छैनन्।
‘नाइ नभन्नू ल ४’ बाट चलचित्र क्षेत्रमा उदाएकी आँचल चलचित्र क्षेत्रमा चलेकी अभिनेत्री हुन्। म्युजिक भिडियोमा पनि उनको चर्को माग हुँदै आएको छ।
उनले एक दर्जन बढी चलचित्र तथा दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। आँचलको ‘झिङ्गे दाउ’ प्रदर्शनको क्रममा छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment