पोखरामा डुंगा पल्टिँदा बेपत्ता भएका लुइँटेल मृत फेला
पोखरा । पोखराको फेवातालमा सोमबार डुंगा पल्टिँदा बेपत्ता भएका काठमाडौँ–१० कपनका २७ बर्षीय सुमित भनिने राम शरण लुइँटेल मृत फेला परेका छन्।
गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिएको गोताखर सहितको उद्दार टोलिले खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो करिव ३ वजेको समयमा लुइँटेललाई मृत भेटेको हो। तालको खपौदी क्षेत्रमा ४० फिट गहिरो क्षेत्रबाट लुइँटेलको शव निकालिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
सशस्त्र प्रहरीका तालिम प्राप्त गोताखर दिर्घ नारायण पौडेल र दिपेन्द्र विष्टको टोलीले तालमा घोप्टो परेर गढेर रहेको लुइँटेलको शव निकालेको हो।
सोमबार दिउँसो करिब १ बजेर ३० मिनेट जाँदा खपौदी क्षेत्रबाट काठमाडौंको एक टोली सिंगल डुंगा लिएर हिँडेको थियो। डुंगा पल्टिदा डुंगामा सवार ३ मध्ये १ जना बेपत्ता भएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment