भर्जिनियामा नेपाली अमेरिकन सामुदायिक केन्द्रद्वारा १‌‌.७ मिलियन डलरमा भबन खरिद

डिसी नेपाल
१५ फागुन २०७६ १०:३३
4
Shares

वासिङ्टन डिसी । आज बुधवार फेब्रुवरी २६ को दिन डिसी मेट्रो क्षेत्रमा बस्ने नेपालीहरुको लागि निकै नै ऐतिहासिक दिन बन्न पुगेको छ । नर्दन भर्जिनिया र डिसी एरिया वरपर बस्ने नेपाली समुदाय सबै मिलेर सामुदायिक केन्द्र बनाउनका लागि १.७ मिलियन अमेरिकी डलरमा भबन खरीद गर्ने कार्य सम्पन्न गरेका छन्।

भबन खरिदको कागजी प्रकृया गर्ने कार्यक्रममा डिसी एरिया वरपर बस्ने नेपाली समुदायको निकै बाक्लो उपस्थिति थियो। सबैजना निकै खुसी देखिएका थिए ।

गत बर्ष जुन २२-२९ तारिकसम्म भर्जिनियाको लोटस मन्दिरबाट शुरू गरिएको “नेपाली अमेरिकन सामुदायिक केन्द्र“ निर्माणको अभियानमा आज आएर आफ्नै सामुदायिक केन्द्र/मन्दिर नेपालीहरूको नाममा भएको यो क्षण निकै नै ऐतिहासिक रहेको धारणा सहभागीहरुले राखेका छन् ।

यो अभियानमा लाग्नु भएका सबै नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरु बधाइ र धन्यवादका पात्र भएको भन्दै एक आपसमा वधाइ साटासाटसमेत गरिएको थियो ।

आयोजकहरुले यो ऐतिहासिक कार्यको लागि हामी सबै नेपालीहरु बधाई तथा शुभकामनाको हक़दार रहेको भन्दै रातदिन नभनी समाजको लागि तन, मन, धनले खट्नुहुने सबैमा हार्दिक नमन ब्यक्त गरेका छन्।

कार्यक्रमको भिडियो:
https://www.facebook.com/dc.nepal/videos/232526954577387/


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *