बिहे बन्धनमा बाँधिए आयुष्मान–प्रियंका
काठमाडौं। नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले बिबाह गरेका छन्।
लामो समयदेखि प्रेममा रहेका उनीहरुले बिहीबार अदालतमा गएर कानुनी रुपमा बिबाह गरेका हुन्। बिबाहका लागि जिल्ला अदालत ललितपुर पुगेका उनीहरुले अदालतमा एक अर्कालाई माला लगाएका थिए।
उनीहरुले अदालतमा परिवारका सदस्यहरुका बीचमा बिबाह सम्पन्न गरेका हुन्। अहिले नायिका प्रियङ्का कार्कीले इन्स्टाग्राममा बिबाहको तस्विर सेयर गरेकी छिन्।
केही दिनदेखि बिबाहको चर्चामा रहेका उनीहरु ब्याचलर्स पार्टी र मेहेन्दीमा रमाइरहेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment