‘आमा’को एक साताको कमाई कति ?

डिसी नेपाल
१६ फागुन २०७६ १३:५८

काठमाडौं। गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘आमा’लाई धेरैले मनछुने भनेका छन्। चलचित्रलाई समीक्षकले प्रशंसा गरेका छन्। कलाकारहरुबाट पनि चलचित्रले तारिफ पाईरहेको छ।

चलचित्र शुक्रबार (आज)देखि प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। दोस्रो सातमा प्रवेश गर्दै गर्दा चलचित्रको ब्यापार कति भयो? वितरक करण श्रेष्ठ (क्रेजी) डिसी नेपालसंग कुरा गर्दै चलचित्रले एक सातामा २ करोड ७ लाखको ब्यापार गरेको बताउँछन्।

उनले चलचित्रले उपत्यकाभित्र १ करोड ४५ लाख र उपत्यका बाहिर ६२ लाखको ब्यापार गरेको जानकारी दिए। माउथ पब्लिसिटी बलियो भएका कारण चलचित्र लामो रेसको घोडा बन्ने उनको विश्वास छ।

दीपेन्द्र के. खनाल निर्देशित तथा शर्मीला पाण्डे निर्मित ‘आमा’मा सुरक्षा पन्त, मिथिला शर्मा, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, टिका पहारीलगायतका कलाकारहरुको अभिनय छ। चलचित्रको कथा निर्देशक खनाल स्वयंको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *