खरिपाटी क्वारेन्टाइनमा राखिएकाहरुको स्वास्थ्य परीक्षणका लागि थ्रोट स्वाब संकलन

डिसी नेपाल
१७ फागुन २०७६ १६:०३

काठमाडौं। २ हप्ताअघि चीनको कोराना प्रभावित हुबेइ प्रान्तको वुहानबाट उद्धार गरी भक्तपुरस्थित खरिपाटीमा क्वारेन्टाइन राखिएका १७५ जना नेपाली विद्यार्थीहरुको स्वास्थ्य परीक्षणका लागि नमुना संकलन गरिएको छ।

सरकारले उनीहरुलाई उद्धार गरी स्वदेश ल्याएको थियो। उनीहरुमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन। शनिबार खरिपाटी र नगरकोट क्वारेन्टाइनमा राखिएका १९३ जनाको थ्रोट स्वाबको नमुना परीक्षणका लागि संकलन गरिएको छ। रिपोर्ट नेगेटिभ देखिएमा सबैलाई क्वारेन्टाइनबाट निकालिनेछ।

कोरोना प्रभावित मुलुकहरुमा पर्यटन आवतजावतमा मात्रै नभएर व्यापार व्यवसाय, औषधि उत्पादन, कच्चा पदार्थ आयात निर्यातमा पनि असर गरेको छ। कतिपय ठाउँमा हप्तौँदेखि विद्यालयहरु समेत बन्द रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *