दया र मिरुनाको ‘जारी’ जेठमा रिलिज हुने

डिसी नेपाल
१९ फागुन २०७६ १२:५९

काठमाडौं। रामबाबु गुरुङको निर्माण तथा उपेन्द्र सुब्बाको लेखन/निर्देशन रहेको चलचित्र ‘जारी’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ।

फस्टलुक पोष्टरसँगै चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको छ। चलचित्र वर्ष २०७७ को जेठ २३ गतेबाट प्रदर्शनमा आउनेछ।

सार्वजनिक फस्टलुक पोष्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरलाई प्रस्तुत गरिएको छ। उनीहरु विवाहित दम्पत्तीको भेषमा कतै हिँडेको देखिन्छन्।

चलचित्रमा दयाहाङ र मिरुनाका अलावा प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, पुस्कर गुरुङ, कमलमणी नेपाललगायतका कलाकारको अभिनय छ।

चलचित्रले ‘जारी प्रथा’को कथा उठाएको बताईएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *