खरिपाटी क्वारेन्टाइनमा राखिएका नेपाली घर फर्किए

डिसी नेपाल
१९ फागुन २०७६ १७:२६

काठमाडौं। चीनको हुवेई प्रान्तबाट गएको फेब्रुअरी १६ मा उद्धार गरी भक्तपुरस्थित खरिपाटीमा क्वारेन्टाइनमा राखिएका नेपालीहरुमा कोरोना नभएको पुष्टि भएपछि सोमबार घर फर्किएका छन्।

सरकारले वुहानबाट १७५ जनालाई उद्धार गरेको थियो। र उनीहरुको उद्धारमा गएका थप १५ जनालाई पनि क्वारेन्टाइनमा राखिएको थियो। सबै १९० जना नै स्वस्थ रहेको पुष्टि भएपछि उनीहरुलाई घर फर्काइएकाे  नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

क्वारेन्टाइनमा राखिएका सबै १७५ जनामा कोरोना नभएको पुष्टि

उद्धार तथा क्वारेन्टाइनको समन्वय नेपाली सेनाले गरेको थियो। प्रवक्ता पाण्डेले डिसी नेपालसँग भने, ‘अध्यागमन विभागसँग समन्वय गरेर उहाँहरु (उद्धार गरिएका व्यक्ति)को राहदानी संकलन भइरहेको छ। जतिको आज परिवारका सदस्यसँग सम्पर्क उहाँहरु घर फर्किनु हुन्छ। केही भने आज खरिपाटीमै बस्ने कुरा छ।’
खरिपार्टीमा रहेका नेपालीको सूची


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *