क्वारेन्टाइनमा राखिएका सबै १७५ जनामा कोरोना नभएको पुष्टि

डिसी नेपाल
१९ फागुन २०७६ १५:४३

काठमाडौं। चीनको वुहानबाट उद्धार गरिएका सबै नेपालीको स्वास्थ्य परीक्षण रिपोर्ट आएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको उनीहरुको स्वास्थ्य परीक्षणको रिपोर्ट प्राप्त भएको प्रयोगशालाकी डाक्टर रुना झाले डिसी नेपाललाई जानकारी दिइन्।

उनले डिसी नेपालसँग भनिन्, ‘उहाँहरु सबैको स्वास्थ्य परीक्षण रिपोर्ट आएको छ। सबैको रिपोर्ट नेगेटिभ छ।’ क्वारेन्टाइनमा राखिएका सबै नेपालीहरुमा कोरोना भाइरस नभएको पुष्टि भएपछि उनीहरुलाई घर फर्काइने भएको छ।

डा. झाले भनिन्, ‘अब फेरि परीक्षण गराउनु पर्ने आवश्यकता हाललाई छैन। अब उहाँहरु घर जान मिल्छ।’

सरकारले गएको फेब्रुअरी १६ मा वुहानबाट १७५ जना नेपालीलाई उद्धार गरेर नेपाल ल्याएको थियो। उनीहरुलाई भक्तपुरस्थित खरिपाटीमा क्वारेन्टाइनमा राखिएको थियो। उनीहरुको क्वारेन्टाइनका लागि नेपाली सेनाले नेतृत्व लिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *