बहराइन हिँडेका ३० नेपाली, दुबइको अध्यागमनबाटै फिर्ता

डिसी नेपाल
२० फागुन २०७६ ७:३७

काठमाडौँ । दुबइबाट बहराइन जाँदै गरेका करिब ३० जना नेपाली कामदारलाई दुबइको अध्यागमनले फिर्ता पठाएको खुलासा भएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार पत्रकार सम्मेलनका क्रममा यस्तो जानकारी दिएका हुन्।

नेपालमा आयोजना हुने भनिएको सगरमाथा संवाद स्थगित गरिएको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनका बेला मन्त्री ज्ञवालीले यस्तो जानकारी दिएका हुन्।

विश्‍व स्वास्थ्य संगठनले हालै सार्वजनिक गरेको रिपोर्टमा नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेपछि दुबइको अध्यागमनले नेपाली युवाहरुलाई बहराइन जानबाट रोकेको बताइएको छ।

यससँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अत्यावस्यक वाहेकका यात्रा नगर्न पनि सबै नागरिकलाई आग्रह गरेका छन् । यससँगै गरमाथा संवाद स्थगित गरिएको जानकारी मन्त्री ज्ञवालीले दिए। आजको अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *