कोरोनाका कारण करिश्माले होली कार्यक्रम नगर्ने, त्यसको खर्च स्वर्गीय केशव भट्टराईको परिवारलाई सहयोग

डिसी नेपाल
२० फागुन २०७६ १०:५१

काठमाडौं। अभिनेत्री करिश्मा मानन्धरले यसवर्ष होली विशेष कार्यक्रम नगर्ने भएकी छिन्। हरेक वर्ष ललितपुरको गोदावरी स्थित निवासमा होली विशेष कार्यक्रम गर्दै आएकी करिश्माले यस वर्ष कोरोनाका कारण होलीको कार्यक्रम रोकेको जनाएकी छिन्।

होलीमा करिश्माको निवासमा चलचित्रकर्मी तथा आफन्तको बाक्लो जमघट हुँदै आएको थियो। कलाकारलाई विशेष निम्तो नै दिएर करिश्माले रंगहरुको पर्व होली घरमै धुमधामसाथ मनाउँदै आएकी थिइन्।

यद्यपी गतवर्ष भने, करिष्माले एसइईका कारण होलीको कार्यक्रम स्थगित गरेकी थिइन्। यो वर्ष कोरोना भाइरसका होली विशेष कार्यक्रम रोक्नुपर्दा दुःखी भएको करिश्माले जनाएकी छिन्।

‘यो वर्ष उत्साहित थिए। यो बाहानाले साथीभाई भेटघाट हुन्छ भनेर। तर, अहिलेको कोरोना संक्रमणको यो परिस्थितिमा यस्तो नजिकबाट भेटघाट हुने कार्यक्रम नगरेर सुरक्षा अपनाउँदा सही हुन्छ’– उनले फेसबुकमा उल्लेख गरेकी छिन्।

स्व. केशव भट्टराईको परिवारलाई १ लाख सहयोग
करिश्माले होलीका लागि छुट्याएको रकम तत्कालिन चलचित्र विकास वोर्डका अध्यक्ष तथा निर्माता स्वर्गीय केशव भट्टराईको परिवारलाई सहयोग गरेकी छिन्।

उनले १ लाख १ सय १ रुपैयाँ स्वर्गीय भट्टराईको परिवारलाई सहयोग गरेकी हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.