हलिउड स्टारले छोरालाई कौडी पनि नछोडेर आफ्नो ७ अर्बको सबै सम्पत्ति दान गरिदिए

डिसी नेपाल
२० फागुन २०७६ १३:५९

काठमाडौं। तीन पटक ओस्कार अवार्ड जितिसकेका हलिउड स्टार कर्क डगलले आफ्नो मृत्युपूर्व ६१ मिलियन डलर (७ अर्ब नेपाली रुपैयाँ) बराबरको सबै सम्पत्ति दान गरिदिएका छन् । सबैभन्दा रोचक त के भने उनका छोरा सुपरस्टार माइकल डगलससहित परिवारले पिताको सम्पत्तिबाट कौडी पनि पाएनन् । अझै कर्कको सम्पत्तिमध्ये ११ मिलियन डलर कसलाई दान दिने भन्ने निश्चित हुन बाँकी नै छ ।

डगलसले आफ्ना छोराको लागि केही पनि छोडेनन् । यसको लागि कर्कले लेखेका छन् कि २०२० सम्म उनका छोरा माइकलसँग ३ अर्ब डलरको सम्पत्ति छ त्यसैले मलाई लाग्दैन कि उसलाई मेरो पैसाको आवश्यकता हुनेछ । डगलस फाउण्डेशनको वेबसाइटका अनुसार कर्कले फाउण्डेशनलाई ५० मिलियन डलर दिएका छन् ।

दानको लाभ पाउनेहरुमध्ये सेन्ट लरेन्स युनिभर्सिटी पनि एक हो । यो युनिभर्सिटी अल्पसंख्यक, बञ्चित र शोषित वर्गका विद्यार्थीको लागि छात्रवृत्ति प्रदान गर्छ । यसका अलावा सिनाइ मन्दिर (जहाँ कर्क र एनी डगलस चाइल्डहुड सेन्टर छ), कल्भर सिटीको कर्क डगलस थिएटर र लस एन्जल्समा बाल अस्पताललाई पनि भरपुर दान दिइएको छ ।

माइकलका अलावा कर्क डगलसको परिवारमा उनकी दोस्री पत्नी ऐनी र दुई अन्य छोराहरु जोएल र पिटर छन् । उनले आफ्नो बाल्यकाल र किशोर अवस्था रुसी साम्राज्यमा यहुदी आप्रवासी माता पिता र ६ दिदीबहिनीहरुसँग घोर गरिबीमा बिताएका थिए । कर्कको निधन यही फेब्रुअरीमा १०३ वर्षको उमेरमा भएको हो । उनलाई दयालु र दानीको रुपमा चिनिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.