यस्तो बन्यो ‘प्रेमगीत ३’को टिजर [भिडियो]

डिसी नेपाल
२० फागुन २०७६ २२:०५

काठमाडौं। वर्षको प्रतिक्षितमध्येको एक चलचित्र ‘प्रेमगीत ३’को टिजर सार्वजनिक गरिएको छ।

चैत २८ गते प्रदर्शनमा आउने चलचित्रको मंगलबार १ मिनेट ४५ सेकेण्डको टिजर सार्वजनिक गरिएको हो।

सार्वजनिक टिजर आकर्षक बनेको छ। टिजरमा कलाकारहरुलाई भिन्न अवतारमा देख्न सकिन्छ। उनीहरुको अवतार आकर्षक देखिन्छ। साथै, छायाँकन पक्षले दर्शकलाई लोभ्याउँछ।

आशुसेन फिल्मस्को व्यानरमा निर्माण भएको ‘प्रेमगीत ३’मा सन्तोष सेनको लगानी छ। डेढ सय वर्ष अगाडिको प्रेमकथा भनिएको चलचित्रलाई छेतन गुरुङ र निर्माता सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन्।

निर्देशक गुरुङ र मन्दीप गौतमको लेखन रहेको चलचित्रमा अभिनेता प्रदीप खड्का ‘प्रेम’को भूमिकामा छन्। यस्तै ‘गीत’को भूमिकामा नव–अभिनेत्री क्रिस्टिना गुरुङले अभिनय गरेकी छिन्।

चलचित्रमा प्रदीप र क्रिस्टिनाका साथमा शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराई, क्रिजन गौतम लगायतका कलाकारको अभिनय छ।

कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, हिमाल केसीको एक्सन, कविराज गहतराजको  कोरियोग्राफी र बनिश शाह, भूपेन्द्र अधिकारीको सम्पादन छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *