पाकिस्तानका समकक्षीबाट स्वास्थ्यलाभको कामना
काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका प्रधानमन्त्रीले स्वास्थ्य लाभको कामना गर्ने क्रम जारी रहेको छ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज एक सन्देश पठाई उनको स्वास्थ्य लाभको कामना गरेकाे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने भएपछि विभिन्न देशका राष्ट्रप्रमुखले स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाइरहेका छन्।
यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भूटानका प्रधानमन्त्री डा लोट्टी छिरिङ र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गाैला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। प्रधानमन्त्री ओलीको आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण भइरहेको छ।
No ads found for this position


Facebook Comment