खगेन्द्रको चलचित्र ‘पानीफोटो’को रिलिज मिति तय
काठमाडौं। नेपाली कथानक चलचित्र ‘पानीफोटो’को प्रर्दशन मिति तय गरिएको छ।
अभिनेता, लेखक तथा नाटक निर्देशक खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको यो चलचित्र आउँदो वर्षको साउन ३० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको हो।
‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता चलचित्र निर्माण गरेको टुकी आर्ट्स प्रा. लि.ले मञ्जुश्री फिल्म प्रोडक्सनसँगको सहकार्यमा ‘पानीफोटो’ निर्माण गरेको हो। पन्ध्र बर्ष अगाडि बेपत्ता भएको आफ्नो छोराको पर्खाइमा बसेका बाबुआमाको कथामा चलचित्र निर्माण गरिएको छ।
चलचित्रमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ्ग, बुद्धि तामाङ्ग, अजस्र ढुङ्गाना, कमलमणी नेपाल, राधा श्रेष्ठ, श्याम कुमार खड्का, कमल देवकोटा, अनोज पाण्डे लगायतको अभिनय छ। दीपक बज्राचार्यको छायांकन रहेको चलचित्र सम्पादनको जिम्मेवारी निमेष श्रेष्ठले लिएका छन्। चलचित्रमा रोजिना सिटौला र रविन्द्र बज्राचार्यको लगानी छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment