मास्कमा कालोबजारी गर्नेले तिरे दुई लाख जरिवाना

डिसी नेपाल
२४ फागुन २०७६ २०:०४

काठमाडौं। फेस मास्कमा कालोबजारी गर्नेले दुई लाख रुपैयाँका दरले जरिवाना तिरेका छन्। कोरोना भाइरसको आतंकसँगै बजारमा मास्कको मूल्य आकाशीयपछि सरकारले अनुगमन थालेको छ। अनुगमनमा दुई वटा पसलेले कालोबजारी गरेको फेला परेको थियो। दुबै पसलेले दुई दुई लाखका दरले जरिवाना तिरेका हुन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले राजधानीस्थ्ति वीर अस्पतालसँगैको आयुस फार्मेसी र क्षेत्रपाटीको आईज्याक हस्पिटेक सपोर्टमाथि कारबाही गरिएको जनाएको छ। दुबैलाई आर्थिक जरिवानासमेत गरिएको हो। यसैगरी क्षेत्रपाटीकै एसजे सर्जिकललाई खरिद विल देखाउन नसकेपछि २० हजार जरिवाना गरिएको छ । त्यस्तै महाबौद्धको आरएफ फार्मेसीलाई पनि १० हजार जरिवाना तिराइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *