पशुपति शर्माले ल्याए कोरोनाभाइरस विरुद्धको जनचेतनामूलक गीत [भिडियो]
काठमाडौं। लोकगायक पशुपति शर्माले कोरोना भाइरस विरुद्धको जनचेतनामूलक गीत सार्वजनिक गरेका छन्।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सहकार्यमा पशुपतिले सन्देशमूलक गीत बजारमा ल्याएका हुन्। गीतमा पशुपतिको शब्द, संगीत र स्वर छ।
कोरोना भाईरसको संक्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने उपायबारे गीतमा चर्चा गरिएको छ। भिडियोमा गायक शर्माको परिवारको अभिनय छ। भाइरसबाट सचेत हुनुपर्ने भन्दै हात धुनुपर्ने, खानेकुरा पखालेर खानुपर्ने, सकेसम्म भीडभाडमा नजान, बाहिर जाँदा माक्सको प्रयोग गर्नुपर्ने लगायतका बिषयमा चर्चा गरिएको गीतको भिडियोमा सोहीसंग सम्बन्धित दृश्यहरु समावेश छ।
दुर्गा पौडेलको छायांकन तथा निर्देशनमा तयार भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment