रेखा थापा भन्छिन्–आगामी निर्वाचनमा पुरुष उम्मेद्वारलाई भोट नदिनुस्

डिसी नेपाल
२५ फागुन २०७६ १५:२७
4
Shares

काठमाडौं। चर्चित अभिनेत्री तथा राप्रपा संयुक्तकी सहमहामन्त्री रेखा थापाले आगामी निर्वाचनमा पुरुष उमेरद्वारलाई भोट नदिन आग्रह गरेकी छन्।

११० औँ अन्तरर्राष्ट्रिय नारी दिवशको अवसरमा रिपोर्टस क्लब नेपालले आयोजना गरेको कार्यक्रमा बोल्दै थापाले नेपालमा आधा आकाश ढाक्ने महिलालाई ३३ प्रतिशत आरक्षण रहेपनि पूर्णरुपमा पालना नभएको र मानसिक रुपमा सबै परिवर्तन नभै हुन नसक्ने बताइन्।

विश्वमा ५५ करोड महिला अझै अशिक्षित रहेको र प्रयेक ९० सेकेन्डमा एक महिला सुत्केरी हुन नपाएर मर्ने गरेका बेला नेपालमा भने महिला नेत्रीहरुको आवाजले महिलाको अवस्था केही हदसम्म सुध्रेको पनि बताइन्।

नेपालमा महिलाहरुलाई सडकदेखि सदनसम्म छोरी मान्छे नै बन्ने तालिम दिइएको र नेत्रीहरुले उपहारमा दिइएको पदले ठाउँमा पुगेर लाखौँ महिलाहरुको पीडा भुल्न नहुने पनि बताइन।

‘नेपलमा क्षमतावान महिलाहरु रहेका छन्। आउँदो चुनावमा महिला प्रधानमन्त्री तथा कार्यकारी प्रमुख बनाउनका लागि चुनौती दिँदै पुरुषलाई भोट नदिन आग्रह गर्छु,’ उनले भनिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *