हिम पहिरोमा परी पाँच जनाको मृत्यु
भियाना । आइतबार ‘अपर अष्ट्रिया’को हिमाली क्षेत्रमा हिमपहिरो जाँदा कम्तीमा पाँच जनाको मृत्यु भएको यहाँको प्रहरीले बताएको छ ।
मृत्यु हुनेमा हिउमा खेलिने खेलका लागि त्यहाँ पुगेका चेक गणतन्त्रका नागरिकहरू रहेका र मृतक सबैलाई घटनास्थल (दुई हजार ८०० मिटर अग्लो दाचस्टेन नामक हिमाली क्षेत्र) बाट तल झारिएको र हलस्टेट गाउँमम सनाखदका लागि राखिएको अष्ट्रियाका प्रहरी प्रवक्ताले बताए । मृतकहरू हिउँमा स्केटिङका लागि पुगेका र खेलिरहेको समयमा एक्कासी हिमपहिरो आएको त्यहाँबाट प्राप्त रिपोर्टहरूमा बताइएको छ ।
आइतबार मध्यान्नसम्म अष्ट्रियाका विभिन्न भागबाट पठाइएका छ वटा हेलिकोप्टर र उद्धार टोलीको सहयोगमा घटनास्थलमा खोजीकार्य जारी रहेको उनले बताए ।रामसाउ–एम– दाचस्टेनमा यही वर्ष जनवरीमा पनि हिम पहिरो जाँदा सो क्षेत्रमा ठूलो भौतिक क्षति भएको थियो भने ६० स्थानीयलाई घाइते अवस्थामा उद्धार गरिएको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment