दक्षिण अफ्रिकामा अज्ञात व्यक्तिद्वारा गोली प्रहार, छ जनाको मृत्यु, सात घाइते
केप टाउन । दक्षिण अफ्रिकाको केप टाउनस्थित एक वस्तीमा अपरिचित व्यक्तिले गोली चलाउँदा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको घटनास्थलमा नै मृत्यु भएको थियो भने आक्रमणबाट अन्य सात जना घाइते भएका बताइएको छ ।
“खाउलित्सा नगरमा गोली चल्दा छ जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएका छन्,” प्रहरी प्रवक्ता नोभेला पोटेल्वाले बताए । गोली हान्ने व्यक्ति आक्रमणपछि भागेको र उसको परिचय खुलिनसकेको उनले बताए । घाइते सबैजनालाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइतेमध्ये एक छ वर्षकी बालिका रहेकी छन् ।
घटनापछि प्रहरीले आक्रमणकारीलाई नियन्त्रणका लागि पिछा गरे पनि उ उम्कन सफल भएको बताइएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment