लेबनानद्वारा केही अरबी मुलुकमा उडान रोक्ने घोषणा

डिसी नेपाल
२६ फागुन २०७६ २१:१८

बेरूत । लेवनानको राष्ट्रिय ध्वजावहाक विमान कम्पनीद्वारा साउदी अरब, कुबेत र कतारका लागि भर्दै आएका उडान अर्को सूचना नभएसम्मका लागि रोक्ने निर्णय गरेको छ ।

कोरोनाभाइरसको सङ्क्रमणले विश्वव्यापी रूप लिँदै गएपछि लेवनानले यो निर्णय लिएको यहाँको टेलिभिजन च्यानल एलबीसीआईले कम्पनीका अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ ।

उक्त विमान कम्पनीले उडान रोक्ने निर्णय हुनुभन्दा पहिले नै बेचिएका मार्च ३१ सम्मका टिकटको पैसा फिर्ता गर्ने वा पुनः त्यसपछि गर्न सकिने उडानका लागि मिलान गर्ने बताएको छ ।

यसअघि लेबनानका लागि साउदी अरबका राजदूत वालिद अल–बुखारीले कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी बनिरहेका समय आफ्नो देशले लेबनानसँगको सामुद्रिक तथा हवाई यात्रामा रोक लगाउने बताएका थिए ।

लेवनानमा सोमबारसम्ममा ३२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.