बेलायतमा एक नेपाली युवाको शंकास्पद मृत्यु

डिसी नेपाल
२७ फागुन २०७६ १८:२१

लण्डन। बेलायतको केन्ट , आसफोर्डस्थित विगत ४ बर्ष देखि बसोबास गर्दै आएका सुनसरी धरानका युगल लिम्बु मृत अवस्थामा भेटिएका छन्।

३३ बर्षिया लिम्बु गत ७ मार्च , शनिवार दिउँसोबाट सम्पर्कविहीन भएका थिए । नेपालीहरुको निकै बाक्लो जनघनत्व रहेको आसफोर्ड सहरमा युगललाई खोजि गर्न नेपालीहरुले केन्ट प्रहरीलाई निवेदन थिए ।

सुरक्षा विभागमा कार्यरत लिम्बु शनिवार साझँ आफ्नो सुरक्षा कर्तव्य सके लगतै आसफोर्ड बजारबाट आफ्नो घरतर्फ हिँड्दै गएको सिसिटिभी फूटेजमा देखिएको छ। । प्रहरी हेलिकप्टरद्वारा खोजिएको लिम्बुको शव ‘ भिक्टोरिया पार्क ‘ नजिकैको स्टावर नदिमा सोमबार मृत अवस्थामा भेटिएको छ । लिम्वुको शवलाई पोष्टमार्टमका लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।

भद्र र शालिन स्वभावका लिम्बुको निधन कसरी भयो भन्न नसकिए पनि ‘ स्टावर नदि ‘ नजिकै छुरा प्रहार गरी हत्या गरिएको आंशका गरिएको छ। वेलायती नेपाली समाज भित्र पछिल्लो समय विभिन्न किसिमका जघन्य अपराध घटिरहेको छ। गायक यमबुद्व, लण्डन थेम्स नदि, फोटो पत्रकार गुरुग लगायतको हत्याबारे अझै केही खुलेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *