कोरियामा एक नेपालीको निधन
सौल । रोजगारीको लागि दक्षिण कोरिया आएका एक नेपालीको निधन भएको छ । कोरियाको छनान शहरको हाब्दोङमा कार्यरत धनकुटा नगरपालिका–७ डाँडागाउँका ५४ वर्षीय उत्तरकुमार राईको गत मंगलबार ज्यान गएको हो।
करिब १० वर्ष अघि कोरिया आएका राई गत मंगलबार बिहान शौचालयमा बेहोस भेटिएका थिए । उनको उपचारका क्रममा सोैल सिटीस्थित छनान अस्पतालमा करिव ११ बजे मृत्यु भएको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाका अध्यक्ष यज्ञराज सुवेदीका अनुसार अहिलेसम्म राईको मृत्युको आधिकारिक कारण खुलेको छैन।
मृतक राईका नेपालमा श्रीमती र एक छोरी छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment