पाकिस्तानमा हिमपहिरो, ५ जनाको मृत्यु

डिसी नेपाल
२८ फागुन २०७६ १२:३७

पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिम प्रान्त खैबर पाख्तुनख्वाको हिमाली क्षेत्रमा मङ्गलबार राती गएको हिमपहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ।

यस हिमपहिरोमा परी अन्य सात व्यक्ति घाइते भएका छन्। घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ। ती मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको एआरवाई समाचार समितिले जनाएको छ।

यस हिमपहिरोमा परी कैयौ सवारी साधन प्रभावित भएको र दुई दर्जन भन्दा बढी परी सवारी साधन अझै वेपत्ता रेहको जनाइएको छ।

यस हिमपहिरोमा फसेका व्यक्तिको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *