कतारमा कोरोना : २ सय ३८ जना नयाँ संक्रमित भेटिए, संक्रमितको संख्या २ सय ६२ पुग्यो
दोहा । कतारमा थप २ सय ३८ जनामा कोरोना (कोभिड–१९) को संक्रमण देखिएको छ । कतारको स्वास्थ्य मन्त्रालयले बुधवार थप २ सय ३८ जनामा यसको संक्रमण देखिएको पुष्टि गरेको छ ।
यो संगै कतारमा संक्रमितको संख्या २ सय ६२ पुगेको छ । नयाँ भेटिएका बिरामीहरुको गत आइतबार संक्रमण भएका तीनवटा घटनासँग सम्बन्ध रहेको बताइएको छ । उनीहरु एक आवासीय कम्पेक्समा बस्थे । मन्त्रालयका अनुसार नयाँ भेटिएका बिरामीहरुलाई आइतबारदेखि नै विशेष निगरानीमा राखिएको थियो ।
यसअघि कोरोना संक्रमणको प्रकोपलाई फैलन नदिन भन्दै कतार सरकारले १४ देशका नागरिकलाई प्रवेश निषेध गरेको थियाे।
महामारीको रुप लिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालसहित, भारत, चीन,इजिप्ट, इरान, इराक,लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई अस्थायी रूपमा प्रवेशमा रोक लगाएको हाे । त्यस्तै स्कुल, कलेजहरु पनि बन्द गराएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment