अमेरिकी प्रतिबन्ध हटाउन इरानको आग्रह
तेहरान । इरानका विदेश मन्त्रीले मुलुक कोरोना भाइरस सङ्क्रमणको प्रकोपसँग जुधिरहेको भन्दै अमेरिकाद्वारा एकतर्फीरूपमा लगाइएका प्रतिबन्ध हटाउन आग्रह गरेको यहाँको सरकारी समाचार संस्था आईआरएनएले जनाएको छ।
इस्लामिक गणतन्त्र इरानको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका कारण सङ्क्रमितको सङ्ख्या १० हजार ७५ पुगेको र अहिलेसम्म ४२९ जनाको यसै समस्याका कारण मृत्यु भएको बिहीबार जनाएको छ ।
विदेशमन्त्री जावेद जरिफले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसलाई पत्राचार गरी अमेरिकाद्वारा एकतर्फीरूपमा घोषणा गरिएको प्रतिवन्ध हटाएर इरानलाई कोरोनाविरूद्धको लडाईंमा सहयोग गर्न आग्रह गरेको विदेश मन्त्रालयका प्रवक्ता अव्वास मौसभीले बताए ।
पत्रको छायाँप्रतिलाई सबै अन्तर्राष्ट्रिय संघसंस्थाहरूका प्रमुख र विश्वका प्रमुख मुलुकका विदेश मन्त्रीहरूलाई पठाइएको छ भने पत्रमा जरीफले अमेरिकाले इरानमाथि लगाएको ‘गैरकानुनी’ तथा एकतर्फी प्रतिवन्ध हटाउन भनिएको छ । प्रतिबन्धका कारण भाइरसविरूद्धको लडाईंमा समस्या भएको पत्रमा उल्लेख गरिएको मौसभीले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment