अष्ट्रेलियाका गृहमन्त्रीलाई पनि कोरोनाभाइरस संक्रमण

डिसी नेपाल
३० फागुन २०७६ १६:३०

सिड्नी । अष्ट्रेलियाका गृहमन्त्री पीटर डुटोनलाई पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको समाचारमा जनाइएको छ ।

उनलाई शुक्रबार बिहान ज्वरोका साथै घाँटीमा समस्या आएपछि जाँच गराएको र कोरोना भाइरस पोजेटिभ देखिएको सिड्नीबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

अप्ट्रेलियाली सरकारका एकजना प्रभावशाली सदस्यका साथै यहाँको अध्यागमनसम्बन्धी कानूनका एक मस्यौदाकार रहेका गृहमन्त्री अस्पतालमा क्वारेन्टाइनमा प्रवेश गरेको यहाँका राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.