काँग्रेसले ४ वर्षपछि पायो पदाधिकारी र विभाग
बागलुङ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति बागलुङले निर्वाचन भएको चार वर्षपछि पूर्णता पाएको छ।
काँग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापाले निर्वाचित भएको चार वर्षपछि पदाधिकारी र विभाग गठन गरेका हुन् ।
सभापतिले आफ्नो कार्यकाल सकेपछि थपिएको समयमा पदाधिकारी थप गरेका हुन् । सभापति थापाले निसीखोलाका पुराना नेता तुलासिंह घर्तीमगरलाई उपसभापति, रेशका चित्रबहादुर कार्कीलाई सचिव र जैदीका सीताराम रसाइलीलाई सहसचिवमा मनोनयन गरेका छन् ।
शुक्रबार सभापति थापाले ती नामावली सार्वजनिक गरको थिए । फागुन २५ गते र २९ गते बसेको कार्यदलको बैठकपछि यो टुङ्गोमा पुगेको बताइएको छ। सभापतिले २८ विभाग पनि गठन गरेका छन् ।
काँग्रेसको विधानअनुसार सभापतिले निर्वाचित भएको छ महिनाभित्र पदाधिकारी र विभाग गठन गर्नुपर्ने प्रावधान छ।
सभापति थापाले अर्को पक्षको सहयोग नभएकाले गठनमा ढिलाइ भएको बताएका थिए । जिल्ला कार्यसमितिको गत साता बसेको बैठकले सभापति थापासहित पूर्वसभापति मणिभद्र शर्मा, प्रकश पौडेल, उपाध्याय, सचिव नवराज पौडेल, कोषाध्यक्ष उमेश गौतमसहितको कार्यदल गठन गरेको थियो।
कार्यदलको दुई पटकको बैठकपछि यो नाम टुङ्गो लागेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment