बिल गेट्सले माइक्रोसफटको निर्देशकबाट राजीनामा दिए

डिसी नेपाल
१ चैत २०७६ १०:४७

न्यूयोर्क। सूचना प्रविधि कम्पनी माइक्रोसफ्टका सहसंस्थापक तथा प्रोद्यौगिकी सल्लाहकार बिल गेट्सले कम्पनीको निर्देशक मण्डलबाट राजीनामा दिएका छन् । माइक्रोसफट्का अनुसार बिल गेट्सले सामाजिक कार्यलाई धेरै समय दिनका लागि निर्देशक मण्डलबाट राजीनामा दिएका हुन् । यद्यपि उनले कम्पनीका सीइओ सत्या नडेला र अन्य अधिकारीका प्रोद्योगिकी सल्लाहकारको रुपमा भने काम जारी राख्नेछन् ।

उनको राजीनामापछि कम्पनीका सिइओ सत्या नडेलाले बिल गेट्ससँग काम गर्नु निकै सम्मान र सौभाग्यको कुरा भएको बताएका छन् । नडेलाले भने ‘मैले उहाँसँग वर्षैं काम गरेको छु र सिकेको छु । गेट्सले यो कम्पनीको स्थापना समाजका चुनौतहिरुलाई हल गर्नका लागि गर्नुभएको हो ।’ बिल गेट्सले १९७५ मा पल एलनसँग मिलेर माइक्रोसफटको स्थापना गरेका थिए । सन् २००० सम्म गेट्स माइक्रोसफटको सिइओ पदमा थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.