आमाले आफ्ना प्रेमीसँग छोरीको बिहे गराइदिइन्, आफूले पनि अवैध सम्बन्ध जारी राखेपछि…

डिसी नेपाल
२ चैत २०७६ १२:५५

काठमाडौं। एउटी आमाले आफ्नी छोरीको बिहे आफ्ना प्रेमीसँग गराइदिइन् । छोरीको बिहे गराइसकेपछि पनि उनले ती प्रेमीसँग आफूले पनि अवैध सम्बन्ध जारी राखिन् । यो सबै सहन नसकेपछि छोरीले आत्महत्या गरिन् । अहिले मृतककी बहिनीले आफ्नी आमाविरुद्ध दिदीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा उजुरी दिएकी छिन् ।

आज तकका अनुसार घटना हैदराबादको हो । १७ वर्षकी छोरीले दिएको उजुरी अनुसार उनकी आमा १ वर्षदेखि पितासँग छुट्टिएर बसेकी थिइन् । यही समयमा उनकी आमा अनिताको पेरम नवीन कुमार नामका एक व्यक्तिसँग अवैध सम्बन्ध थियो । छोरीका अनुसार ती युवक प्रायः उनको घर आइरहन्थे । नवीनसँगको आफ्नो अवैध सम्बन्ध अगाडि बढाउनको लागि अनिताले आफ्नी जेठी छोरीको बिहे नवीनसँग गराइदिइन् ।

केही समयपछि छोरीले यो सब सहन सकिनन् र उनले आत्महत्या गरिन् । छोरीका अनुसार उनकी मृतक दिदी हैदराबादको एक कलेजमा पढ्थिन् । गत वर्ष डिसेम्बरमा उनले आफ्नी आमा र आफ्ना पति नवीनको बीचमा अवैध सम्बन्ध रहेको थाहा पाएपछि उनले पतिको घर छोड्ने धम्की दिएकी थिइन् । बिहेपछि पनि आमा र नवीनको अवैध सम्बन्ध पहिलेजस्तै जारी थियो जसका कारण मृतक युवती निकै तनावमा थिइन् ।

अवैध सम्बन्ध जारी रहेपछि उनले आमा र पतिलाई यो सब बन्द नगरे आत्महत्या गर्ने धम्की दिएकी थिइन् । तर, उनको धम्कीपछि पनि उनीहरुको अवैध सम्बन्ध जारी रहेपछि उनले दिक्क भएर साँच्चिकै आत्महत्या गरिन् । मृतककी बहिनीले मिरापेट पुलिस स्टेशनमा उजुरी दिएकी हुन् । पुलिसले उजुरी दर्ता गरेर कारवाही अगाडि बढाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.