दक्षिणी कान्दाहारमा ७ अफगान प्रहरीको हत्या

डिसी नेपाल
२ चैत २०७६ १३:२३

कान्दाहार । दक्षिणी कान्दाहारको एक प्रहरी चौकीमा प्रहरीले नै चलाएको गोली लागेर सात जना प्रहरीको हत्या गरेका छन्।

प्रहरीले गोली चलाउने प्रहरी तालिबान समूहसँग आबद्ध रहेको दाबी गरेको छ।

प्रान्तीय प्रहरी प्रवक्ता जमाल बारिक्जाईले शनिबार मध्यराति झारी जिल्लाको चारसाखी क्षेत्रमा उक्त घटना भएको जानकारी दिए ।

उनले तालिबानसँग आबद्ध देखिएका ती प्रहरी अरु साथीहरुको हत्यापछि फरार रहेको पनि बताए ।

ती प्रहरीको खोजी भइरहेको पनि प्रवक्ता जमालले बताए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *