कोरोनाभाइरस मत्थर भएसँगै शाङ्घाईका ६९ वटा पर्यटकीय स्थानहरु खुला

डिसी नेपाल
३ चैत २०७६ १३:२७

शाङ्घाई । चीनको शाङ्घाईमा रहेका ६९ वटा मुख्य पर्यटकीय आकर्षणका स्थानहरु सञ्चालनमा आएका छन्।

स्थानीय अधिकारीहरुका अनुसार नयाँ कोरोनाभाइरसको प्रभाव मत्थर भएसँगै पर्यटकीय केन्द्रहरु सर्वसाधारणका लागि खुला गरिएको हो।

शाङ्घाई वन्यजन्तु निकुञ्ज सोमबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ।

महानगरीय संस्कृति तथा पर्यटन ब्युरोका अनुसार शाङ्घाईमा क वर्गका ११३ वटा उत्कृष्ट पर्यटकीय केन्द्रहरु रहेका छन् र तीमध्ये ९ वटा पुनर्निर्माणको चरणमा छन्।

फेब्रुअरीको अन्त्यदेखि महामारीको स्वरुप लिएको कोरोनाभाइरसका कारण शाङ्घाई महानगरले आमजनताको सुरक्षाका लागि ३० वटा विभिन्न उपायहरु अबलम्बन गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *