नेपालीका लागि अष्ट्रिया प्रवेशमा निषेध !
काठमाडौं। विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसका कारण यूरोपेली मुलुक अष्ट्रियाले नेपालीलाई प्रवेशाज्ञा (भिसा) नदिने भएको छ। काठमाडौंस्थित जर्मन दूतावासले सोमबार एक सूचना जारी गर्दै जर्मन दूतावासमाफर्त अष्ट्रियाको सेन्जेन भिसाको प्रोसेसिङ रोकिएको जानकारी दिएको छ।
यूरोपेली यूनियनको नियमअनुसार कुनै पनि एक यूरोपेली मुलुकको भिसा पाउँदा यूनियनका सदस्य राष्ट्रमा यसअघि घुम्न पाइने गरेकोमा अब अष्ट्रिया भने घुम्न नपाइने भएको हो। अष्ट्रियाले त्यस्तो भिसा बनद गरेकाले काठमाडौंस्थित दूतावासले अब त्यस्तो भिसाको आवेदन लिन नसक्ने जनाएको छ।
यस्तो प्रतिबन्ध कहिलेसम्मका लागि हो भन्नेबारे भने केही खुलाइएको छैन। चीनबाट फैलिएको कोरोना भाइरस पछिल्ला दिनहरुमा यूरोपमा अनियन्त्रित रुपमा फैलिएको छ। त्यसैले हाल यूरोपमा पनि कडा व्यवस्था शुरु गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment