२ हप्ताका लागि मलेसिया ‘लकडाउन’

डिसी नेपाल
४ चैत २०७६ १२:४८

क्वालालम्पुर । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न भन्दै मलेसियाले २ हप्तासम्म लकडाउन गर्ने भएको छ ।

कोरोना प्रकोपको सम्भावित जोखिमलाई ध्यानमा राख्दै आगामी मार्च १८ तारिख बुधबार देखि मार्च ३१ सम्म लकडाउन गरिने प्रधानमन्त्री टान श्री मुहिद्दीन यासीनले घोषणा गरेका छन् । आवश्यक देखिएमा यो अवधि बढाउन सकिनेछ ।

कोरोना बिरुद्द लड्न २ हप्ताका लागि सरकारले संक्रामक रोगहरूको रोकथाम तथा नियन्त्रण ऐन १९८८ तथा प्रहरी ऐन १६६७ लागू गर्न निर्देशन दिएको प्रधानमन्त्री यासीनले बताएका छन् । कोरोनाभाइरस फैलिने सम्भावित खतराको पूर्वतयारीस्वरुप यस्तो निर्णय गरिएको हो।

२ हप्तासम्म देशबाहिर जान मलेसिया सरकारले आफ्ना नागरिकहरूलाई प्रतिबन्ध लगाएको छ । देशबाहिर रहेका मलेसियन नागरिक भने स्वदेश फर्किने सक्नेछन् । तर, त्यसरी फर्किएकाहरूले अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नुपर्नेछ ।

यो अवधिमा पर्यटक र आप्रवासीलाई समेत प्रवेश रोक लगाइएको छ ।सरकारी तथा निजी कार्यालयसँगै शैक्षिक संस्थाहरू पनि यो अवधिमा पूर्णतः बन्द हुनेछन् । यातायात, स्वास्थ्य संस्था, वित्तीय क्षेत्र, औषधि, खाना, ग्यासलगायतका अत्यावश्यकीय सेवा प्रवाह भने सञ्चालन हुने जनाइएको छ ।

मलेसियाकोको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५ सय ६६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। जसमध्ये ४२ जना उपचारपछि निको भएका छन्। ९ जनाको अवस्था गम्भिर छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *