अष्ट्रियापछि हंगेरीले पनि नेपालीलाई भिसा नदिने

डिसी नेपाल
४ चैत २०७६ १५:४८

काठमाडौं। युरोपेली देश अष्ट्रियाले नेपालीलाई प्रवेशाज्ञा (भिसा) नदिने निर्णय गरेको भोलिपल्टै हंगेरीले पनि नेपालीलाई भिसा नदिने भएको छ। विश्वभर फैलीइरहेको कोरोनाका कारण यूरोपेली मुलुक हंगेरी नेपालीलाई पनि भिसा नदिने भएको हो ।

कुनै पनि एक युरोपेली मुलुकको भिसा पाउँदा युरोपियन यूनियनका सबै सदस्य राष्ट्रमा घुम्न पाइने गरी जारी हुने सेन्जेन भिसामार्फत अब अष्ट्रिया र हंगेरीमा जान नपाइने भएको हो । नेपालीहरुका लागि यी दुवै देशका लागि सेन्जेन भिसाको प्रक्रिया काठमाडौंस्थित जर्मन दूतावासले हेर्ने गरेको छ ।

काठमाडौंस्थित जर्मन दूतावासले सोमबार एक सूचना जारी गर्दै जर्मन दूतावासमार्फत अष्ट्रियाको सेन्जेन भिसाको प्रोसेसिङ रोकिएको जानकारी दिएको एक दिनपछि मंगलबार पुनः अर्को सूचना जारी गर्दै हंगेरीको लागि पनि यो सेवा रोकिएको जानकारी दिएको छ । दुवै देश प्रवेशमा निषेध कहिलेसम्म हो त्यो भने खुलाइएको छैन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *