कोरोना सङ्क्रमण फैलन नदिन श्रीलङ्काको दुई ठाउँमा कर्फ्यू

डिसी नेपाल
५ चैत २०७६ १७:४३

कोलम्बो । श्रीलङ्काको प्रहरीले बुधबार केही ठाउँमा कर्फ्यू घोषणा गरेको छ । देशको पुत्तालम जिल्ला नेगोन्बो बन्दरगाहमा कर्फ्यू को आदेश दिइएको अधिकारीले जनाएका छन् ।

प्रहरीले जारी गरेको सूचनाअनुसार बुधबार दिउसो ४ः३० बजेदेखि नै लागु हुनेगरी कर्फ्यू आदेश जारी भएको हो । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि कर्फ्यू आदेश जारी गर्नुुपरेको अधिकारीहरुले जनाएका छन् । कर्फ्यू लगाएको क्षेत्रमा इटलीबाट फर्केका व्यक्ति धेरै रहेका प्रहरीको भनाइ रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.