कोरोना त्रासः स्कुल, कलेज बन्द, यी देशबाट नेपाल आउन प्रतिबन्ध !
काठमाडौँ । विश्वभर कोरोनाको महामारी बढेका बेला नेपाल सरकारले आजदेखि लागु हुनेगरी स्कुल, कलेज, चलचित्र हल, जिम हल लगाएतका साबजनिक स्थलहरु बन्द गरेको छ ।
त्यस्तै सरकारले भोलि शुक्रबारदेखि लागु हुनेगरी आगामी बैशाख १८ गतेसम्मका लागि विदेशका यी मुलुकबाट आउनेमाथि पनि रोक लगाउने भएको छ।
सरकारले युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्च अर्थात् चैत ७ गते देखि १५ अप्रिल अर्थात् बैशाख १८ गते सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
युरोपियन मुलुक इटालीमा कोरोना संक्रमित बढ्दै गएका बेला नेपाल सरकारले युरोपका मुलुकहरुसँगै अन्य संक्रिमत मुलुकबाट आउने नागरिकलाई रोक लगाउने निर्णय गरेको हो।
यसअघि विदेशी नागरिकले कोरोना संक्रमण मुक्त रहेको स्वास्थ्य प्रमाणपत्र अनिवार्य गर्दै सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको थियो।
त्यसैगरी बाहिरबाट आएका नेपाली नागरिकले पनि १४ दिन सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्था गरिएको थियो।
नेपाल सरकारद्धारा ट्राभल एडभाईजरी जारी गरेको अवधिमा उडानको यात्रा स्थगन गर्दा र मिति परिर्वतन गर्दाको शुल्क नलाग्ने गरि व्यवस्था गर्न वायु सेवा कम्पनीहरुलाई निर्देशन पनि गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment