साउदी अरबबाट घरमा पैसा पठाउँदा एक नेपालीले पाए १० लाख

डिसी नेपाल
६ चैत २०७६ १२:५१

रियाद । साउदी अरबबाट नेपाल घरमा पैसा पठाउँदा एक नेपालीले १० लाख रुपैँया नगद पुरस्कार हात पारेका छन् । सप्तरीका जागेश्वर भुस्कुलिया यादवले साउदी अरबका टेलिमनि ट्रान्सफरबाट नेपालको सिटी एक्सप्रेसमा पैसा पठाए बापत उक्त नगद पुरस्कार जितेका हुन् ।

सिटी एक्सप्रेसले गत वर्षको दशैँ तिहार तथा छठ पर्वको अवसरमा ‘न यति न उति सिधै लखपति’ बाम्पर उपहार राखेको थियो । जस अन्तर्गत यादवले साउदी अरेबियाको जुबेलस्थित टेलिमनि ट्रान्सफर ब्रान्चबाट गत वर्ष पैसा पठाए बापत उक्त रकम जितेका हुन् ।

लक्की ड्र मार्फत नगद पुरस्कार जितेका यादवले खुशी हुँदै भन्छन्, ‘पहिला यत्ति धेरै पैसा जितें भन्दा विश्वास नै लागेको थिएन । तर, नेपालबाट सिटी एक्सप्रेसले नै कल गरेर भनेपछि नै बिश्वास लाग्यो । कुरा यथार्थ रहेछ । अत्यन्तै खुसी लाग्यो ।’

साउदी अरबका लागि अरब नेसनल बैंक (टेलिमनीका रेमिटेन्स म्यानेजर ) जितेन्द्र थपलियाले गत मार्च ०६ तारिखका दिन यादब काम गर्ने कम्पनीमा आफै पुगेर यादवलाई बधाई दिएका थिए । ब्रान्च म्यानेजरसहित टीमको उपस्थितिमाकेक काटेर यादवलाई बधाई ज्ञापन गर्दै उत्सब मनाएको थियो । यादव विगत साउदी अरवमा ४ वर्षदेखि कार्यरत छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *