धारामा पानी छैन, कोरोनाबाट बच्न हात के ले धुने सरकार ?

धनकुमार कार्की
६ चैत २०७६ १७:११

काठमाडाैं । कोरोना भाइरसले विश्वभर महामारीको रुप लिइरहको छ । नेपाल सरकारले पनि यो रोगबाट बच्न नागरिकलाई सुसुचित गर्ने कार्य गर्दै आएको छ । कोरोनाको भाइरसबाट बच्न नियमित रुपमा साुबन पानीले हातधुन सरकारले सबैलाई अपिल गरेको छ ।

विश्वका अधिकांश राष्ट्रहरुले कोरोना रोकथामका निम्ती विभिन्न उपाएहरु अपनाइरहेका बेला राजधानी काठमाडौंका कतिपय स्थानमा कोरोणाको संक्रमण हुनबाट बच्नलाई आवश्यक पर्ने हात धुने पानीको समस्या भएको छ। कतिपय देशले आफ्नो देशको सीमानाका नै बन्द गरे त कतिपयले सार्वजनिक स्थानहरुमा अनावस्यक भिडभाड नगर्न आदेश जारी गरेर सतकर्ता अपनाइरहेका छन।

विश्व स्वस्थ्य संगठनले नेपाललाई पनि खतराको सूचिमा राखिसकेको छ। नेपालमा पनि यसअघि नै सरकारले कोरोना भाइरस संक्रमण हुन नदिन अनावश्यक घर बाहिर नजान, भिडभाडमा नजान र जानु परे मास्कको प्रयोग गर्न, स्यानिटाइजर प्रयोग गरी सफा पानीले हात धुन अपिलसहितको आग्रह गरेको थियो।

तर, सरकारको आग्रहसंगै हातधुनका लागि आवश्यक पर्ने पानीको समस्या भएपछि सर्वसाधारण आक्रोशित बनेका छन्। मेलम्चीको खानेपानी उपत्यकावासीले प्रयोग गर्न पाउने प्रतिक्षा गरेको लामो समय भैसकेको छ। लामो समय हुँदा पनि मेलम्ची खानेपानी नआएपछि यतिबेला काठमाडौंबासीहरु ट्याङ्करले ओसारेको पानी प्रयोग गर्न बाध्य छन् ।

अनि ट्याड्करको पानी पनि भनेको समयमा सहजै उपलब्ध नहुने उनीहरुको गुनासो रहेको छ । चाबाहिलस्थित गंगाहिटी टोलबस्ने छवी सिटौला भन्छन, ‘ तीन महिना भयो धारामा पानी थोपो झरेको छैन । कोरोनाबाट बच्न सरकारले नियमित हात धुन उर्दी जारी गरेको छ। हात के ले धुने सरकार ?’ भन्दै सरकारसँग प्रश्न गरेका छन् ।

उनले बिगत तीन महिनादेखी काठमाडौँ उपत्यका खानेपानी आयोजनाको महांकाल शाखामा नियमित धाउदासमेत पानी आपूर्ती नभएको गुनासो गरे । चाबहिल एरियामा मात्र होइन न्यूरोड, हनुमानढोका, मख्खन लगायतका क्षेत्रमा पनि खानेपानी आयोजनाले जडान गरेको धारामा थोपो पानी झरेको छैन ।

हनुमानढोका मख्खनमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका निगेश श्रेष्ठले पनि ग्राहकले हात धुन पानी माग्ने गरेको तर ट्याङकरको पानीले एकदिनभन्दा नधानेपछि समस्या भएको बताए। उनी भन्छन, ‘गेष्टले हात धुन पानी माग्छन दिउँ भने एक ट्याङकर पानी एकै दिनमा सकिनछ। पानी मगाउदा ट्याङकरले समयमा ल्याइदिदैनन। नदिउ भने गेष्ट भड्किन्छन।’

नियमित रुपमा साबुन पानीले हात धोएमा कोरोनाको भाइरसबाट बच्न सकिन्छ भन्ने आम धारणा भैसकेको छ। यसैलाई ध्यानमा राखेर सरकारले पनि सबैका नाममा सूचना जारी गरको हो ।

तर, हात धुन आवश्यक पर्ने पानी धारामा नआइदिनाले काठमाडौंका बासिन्दा चिन्तित बनेका छन् । यसैगरी, नयाँबजारमा कोठा भाडामा लिएर बस्ने निसा केसीलाई घरबेटीले दैनिक खटाएर इनारको पानी दिन्छन् ।

खटाएको सिमीत पानीले हात धुँदा अन्य प्रयोजनलाई पानी नपुग्ने उनको समस्या रहेको छ। उनी भन्छिन, ‘जारको पानीेले हात धुन पनि सकिँदैन, महँगो छ। पाहुना आए झनै समस्या हुन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *