बोतलमा भरेर घरभित्र राखेका थिए १३०० लिटर आफ्नै पिसाब, दुर्गन्धले हैरान थिए छिमेकी
काठमाडौं। कजाखस्तानको एक परिवारको विचित्रको बानीका कारण छिमेकीहरु एक वर्षदेखि हैरान थिए । छिमेकीहरुले जब पुलिसमा यस बारेमा उजुरी दिएपछि थाहा भयो – यो परिवारका सदस्यले त्यो फ्ल्याटमा १ वर्षदेखि आफ्नो पिसाब बोतलमा भर्दै बसिरहेका थिए । घर निकै फोहोर थियो । वर्षभरीमा यो परिवारले ३०० ग्यालिन पिसाब जम्मा गरेका थिए ।
Family urinate into bottles for a YEAR and store 300 gallons in their flat https://t.co/kbZeEmHRTC
— Daily Mail Online (@MailOnline) March 20, 2020
यो घटना कजाखस्तानको शहर अकताउको हो । यहाँ झेन्या नामका व्यक्ति आफ्ना मातापितासँग एउटै फ्ल्याटमा बस्थे । यिनैको घरबाट पुलिसले ३०० ग्यालिन अर्थात १३०० लिटर पिसाब भरिएका बोतल बरामद गरेको हो । झेन्याको घरमा बिजुली र पानीको कनेक्सन काटिएका थिए किनकि यिनीहरुले एक वर्षसम्म बिल तिरेका थिएनन् । जब पुलिस यो घरको जाँच गर्न पुग्यो, झेन्या र उनका मातापिताले ढोका खोल्न अस्वीकार गरे ।

बाध्य भएर पुलिसले ढोका फुटाएर भित्र जानुपर्यो । भित्र पुग्नासाथ त्यहाँको स्थिति देखेर पुलिसकै हालत खराब भयो । पूरै घरमा भयावह दुर्गन्ध थियो र चारैतिर पिसाब भरिएका बोतल राखिएका थिए । बाथरुम सडेको थियो । फोहर कपडा घरको बीचमा पोका पारेर राखिएका थिए । झेन्या र उनका मातापिताका अनुसार उनीहरुले पानी र बिजुलीको बिल तिर्न नसकेपछि यो काम सुरु गरेको बताए । झेन्याले २ वर्ष पहिले जागिर गुमाएका थिए ।








डिसी नेपाल








Facebook Comment