बोको हरामका नेता तथा लडाकूको हवाई आक्रमणमा मृत्यु

डिसी नेपाल
७ चैत २०७६ १७:३९

लागोस । नाइजेरियाको द्वन्द्वग्रस्त उत्तरपूर्वी राज्य बोर्नोको अलिनवामा सेनाले गरेको हवाई कारबाहीमा ठूलो सङ्ख्यामा बोको हराम नेता तथा लडाकूको मृत्यु भएको नाइजेरियाली रक्षा मुख्यालयले शुक्रबार जानकारी गराएको छ ।

सेनाले यसलाई बोको हराम समर्थक इस्लामिक नेताहरूविरूद्धको सफल कारवाही भनेको छ । रक्षा मन्त्रालयका प्रवक्ता बर्नाड ओनिएउकोद्वारा जारी लागोसमा सिन्ह्वालाई प्राप्त सेनाको विज्ञप्तिमा भनिएको छ, “सेनाले गरेको हवाई कारबाहीमा ठूलो सङ्ख्यामा बोको हराम नेता तथा लडाकू कमाण्डरहरू मारिएका छन् ।”

उनीहरूले अलिनवादेखि पश्चिमका वस्तीहरूमा गोप्य सूचनाका आधारमा कारबाही गरिएको र त्यसबाट ठूलो सङ्ख्यामा बोको हराम निकट अफ्रिकी इस्लामिक स्टेटका लडाकूहरू मारिएका प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

सेनाले आतङ्ककारी फर्केर पुनः एकीकृत भएर वस्तीहरूमा आतङ्क मच्चाउनसक्ने कुरालाई मध्यनजर राख्दै उक्त क्षेत्रमा निगरानी गरिरहेको पनि बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.